१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३ मंगलबार १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद्का निर्णय : सचिवदेखि एआइजीसम्मको बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार १४:१९:oo

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती र सशस्त्र प्रहरी बलमा रिक्त रहेका विशिष्ट श्रेणीका पदमा बढुवाको निर्णय गरेको छ। निजामती सेवातर्फ रिक्त प्रशासनतर्फको सचिव पदमा खगेन्द्र सुवेदीको बढुवा गरिएको छ। सचिव रघुराम विष्टले अवकाश पाएपछि रिक्त पदमा उनको बढुवा गरिएको हो। 

त्यस्तै, कानुन सेवातर्फ रिक्त सचिव पदमा सहसचिव निर्मला अधिकारीलाई कामु सचिवको जिम्मेवारी दिइएको छ । कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाको अवकाशपछि कानुन सेवातर्फ सचिवको एक पद रिक्त थियो। 

सशस्त्र प्रहरी बलमा रिक्त एआइजी पदमा गणेश ठाडा मगरको बढुवा भएको छ । दुई साताअघि बसेको बढुवा सिफारिस समितिको बैठकले उनको बढुवा सिफारिस गरेको हो। 

त्यस्तै, बैठकले प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमण स्वीकृत गरेको छ। संयुक्त राष्ट्रसंघको संघीय विकासका लागि वित्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली आगामी १४ देखि २० असारसम्म स्पेन जाने भएका हुन्।