
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। पर्सि बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो।
‘भिजिट भिसा’का नाममा मानव तस्करी भइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले सदन अवरोध गर्दै आएका छन्।
निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको आजको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदले उभिएर विरोध गरेका थिए। त्यसपछि आधा घण्टालाई सारिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।