१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ असार ३ मंगलबार ११:५६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१० वर्षअघि ठेक्का लागेको बेलौरी सडकको बेहाल उस्तै 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार ११:५६:oo
  • संघ र प्रदेशले पहल गर्दा पनि कालोपत्रे हुन नसकेको सडकमा अहिले ठुला खाल्टाखुल्टी बनेर दुर्घटना निम्तिरहेका छन् भने दिनहुँ धुलो उडेर दायाँ–बायाँका घरपरिवारलाई सास्ती थपिएको छ

जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक दशकदेखि बेहाल छ । ०७३ मा संघ सरकारबाट ठेक्का लागे पनि निर्माण नै सुरु हुन नसकेपछि २१ मंसिर ०७६ मा सुदूरपश्चिम प्रदेशका तत्कालीन भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले सो सडक कालोपत्रे गर्न रिबन काटेर उद्घाटन गरेका थिए । तर, त्यसयता पनि निर्माणले तीव्रता लिनुको सट्टा सडकमा झन् ठुला खाल्टाखुल्टी बनेर स्थानीयले हैरानी खेपिरहेका छन् ।

सन्तोषी थेगिम जेभीले ०७७ वैशाखसम्म सो सडकखण्डमा पर्ने बन्साहदेखि उत्तर दोमिल्लासम्मको ११.५ किलोमिटर कालोपत्रे गरेर सक्ने गरी प्रदेशको भौतिक मन्त्रालयसँग सम्झौता गरेको थियो । तर, सुरु सम्झौताअनुसार काम नसकिएपछि तीनपटक म्याद थप भइसकेको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार २० वैशाख ०७७ मा काम नसकिएपछि २० वैशाख ०८१ मा निर्माण सक्ने गरी म्याद थप भएको छ । तर, यो अवधिमा पनि ४० प्रतिशत मात्रै प्रगति भएपछि आगामी २० चैतसम्मका लागि अवधि थप भएको छ । सडक कालोपत्रेका लागि सन्तोषी थेगिम जेभीले ११ करोड ८६ लाखमा ठेक्का पाए धेरै काम नगरेका कारण हालसम्म पाँच करोड २४ लाख भुक्तानी लगेको कार्यालयले जनाएको छ । सम्झौताअनुसार निर्माण व्यवसायीले निर्धारित समयभित्रै सडक कालोपत्रे गर्न नसकेपछि स्थानीय बासिन्दाले सडक नै अवरुद्ध गरी पटक–पटक आन्दोलन गर्दै आएका छन् । 

बेलौरीका स्थानीय रमेश कार्कीले सडक कालोपत्रे नहुँदा सदरमुकाम महेन्द्रनगर आउ–जाउ गर्न समस्या भएको बताए । ‘सडक कालोपत्रे अगाडि बढाइहाल्नुपर्‍यो । तत्काल कालोपत्रे हुन नसके सडकमा उड्ने धुलो रोक्नुप‍र्छ, ‘उनले भने, ‘सडकमा उड्ने धुलो घरभित्र पसेर बस्नै नसकिने अवस्था आएको छ ।’ 

निकुञ्जको पनि अवरोध
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कालागौडीदेखि चानदेवसम्म झन्डै पाँच किलोमिटर सडक निर्माण हुन सकेको छैन । सो सडकमा धेरै खाल्टाखुल्टी भएको र जगलसमेत भएकाले जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेको स्थानीयको गुनासो छ । पूर्वाधार विकास कार्यालयका इन्जिनियर हेमराज भट्टले निकुञ्जबाट ‘प्रारम्भिक वातावरणीय परीक्षण (आइई) गरेर मात्रै सडक कालोपत्रे गर्न दिने भनेकाले सो क्षेत्रको ठेक्का नै तत्कालका लागि रद्द गरिएको जानकारी दिए । कलुवापुरबाट बन्साह खण्डसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लामो समयदेखि कालोपत्रे हुन सकेको छैन ।