१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025
२o८२ जेठ ३० शुक्रबार o८:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा ९० वर्षीय श्रीमानले गरे ७६ वर्षीया श्रीमतीकाे हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार o८:४३:oo

नवलपुरको देवचुली नगरपालिका- ३, आम्बासमा ९० वर्षीय ज्येष्ठ नागरिकले आफ्नी ७६ वर्षीया श्रीमतीलाई रड प्रहार गरी हत्या गरेका छन् । स्थानीयका अनुसार ९० वर्षीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती ७६ वर्षीया जमुना थापालाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटना भएको पुष्टि गर्दै थापाले श्रीमतीको हत्या गरेको स्वीकार गरेको बताए ।  उनले घटनाको अनुसन्धान भइरहेकाे बताए ।

श्रीमतीलाई रड प्रहार गरी हत्या गरेका थापा प्रहरी नियन्त्रणमा छन् । प्रहरी उपरीक्षक ढकालले भने, ‘म आफैँ घटना स्थलतर्फ जाँदै छु । आरोपित हाम्रो नियन्त्रणमा छ । उनले घटना स्वीकार गरेका छन् । अनुसन्धान भइरहेको छ ।’ जमुनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकका छोरा चित्रबहादुर थापाले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।