१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
कमलराज भट्ट काठमाडौं
२o८२ जेठ ३० शुक्रबार १६:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

यस्तो छ तीन दलबिच भएको सहमति 

गृहमन्त्रीको राजीनामा नआउने, छानविन समिति पनि नबन्ने 

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार १६:१८:oo

भिजिट भिसा प्रकरणमा सदन खुलाउन प्रमुख दलबिच दुईबुँदे लिखित सहमति भएको छ। सहमति भएसँगै संसद् खुल्ने भएको छ । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी सहमतिमा सहभागी भएको छैन । 

सहमतिअनुसार गृहमन्त्री रमेश लेखकको राजीनामा पनि नआउने र छानबिन समिति पनि नबन्ने भएको छ । छानबिनका लागि अख्तियारलाई सरकारले सहयोग गर्ने र अध्यागमनमा सुधारका लागि उपयुक्त व्यवस्था गर्ने उल्लेख छ । 

भिजिट भिसामा रास्वपाकाे अडान यथावत्, संसदीय छानबिन समिति नबनेसम्म अवराेध जारी राख्ने 

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा ठगी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसदमा अवराेध कायमै राख्ने भएकाे छ ।

गृहमन्त्री नै मुछिएकाे भिजिट भिसा प्रकरणमा सरकारले आफैँ छानबिन गर्ने कुरा अस्वाभाविक भएकाे ठहर गर्दै संसदीय वा न्यायिक छानबिन समिति गठन नभएसम्म अवराेध जारी राख्ने निर्णय भएकाे कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।