१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १२:४७:oo
Read Time : > 1 मिनेट
समाचार

नौ महिनामा रामेछापबाट ६ हजार ७६ जना बिदेसिए

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १२:४७:oo

रामेछापबाट चालु आर्थिक वर्षको नौ महिनामा ६ हजार ७६ जना युवा युवतीहरु वैदेशिक रोजगारीको लागि विदेशिएका छन् । सो कुरा सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले बिहीबार मन्थली नगरपालिकाको सभाहलमा आयोजना गरेको जिल्लास्थित सञ्चारकर्मीबिच गरेको अन्र्तक्रिया कार्यक्रमका अवसरमा जानकारी गराएको हो । जिल्लामा रोजगारीको अवसर नभएपछि वर्षेनी वैदेशिक रोजगारीको लागि जाने युवा युवतीको संख्यामा वृद्धि हुँदै आएको छ ।

चालु आर्थिक वर्षका नौ महिनाको अवधिमा रामेछापवाट चार हजार सात सय २० जना पुरुष र एक हजार तीन सय ५६ जना महिलाहरुले श्रम स्वीकृती लिएर विभिन्न मुलुकमा रोजगारीको लागि गएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का जिल्ला संयोजक दीपक केसीले जानकारी दिए । 

उनका अनुसार गएको आर्थिक वर्ष २०८०/०८१ मा सात हजार चार सय ३१ जनाले श्रम स्वीकृती लिएर विभिन्न मुलुकमा काम गर्नको लागि युवा युवती विदेशिएका थिए । गएको वर्षको तुलनामा यस चालु आर्थिक वर्षको नौ महिनामा यती धेरै विदेशिनु चिन्ताको विषय बन्दै गएको छ। यही तरीकाले युवा युवती वर्षेनी विदेशीने हो भने जिल्लामा युवा युवतीहरु बिहिन नबन्ला भन्न सकिन्न संयोजक केसीले बताए । 

वैदेशिक रोजगारीमा जाने युवा युवतीलाई सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले जिल्ला प्रशासन कार्यालयमा परामर्श डेक्स स्थापना गरी परामर्श समेत दिदै आएको छ। प्रशासन कार्यालयमा राहादानी वनाउन जाने युवा युवतीलाई परामर्श दिने गरिएको छ। सामिले चालु आर्थिक वर्षको नौ महिनामा ३ हजार ६ सय युवा युवतीलाई वैदेशिक रोजगार सम्वन्धि परामर्श प्रदान गरिएको संयोजक केसीले बताए। त्यसैगरी रामेछापबाट विभिन्न देशमा वैदेशिक रोजगारमा गएकाहरु मध्ये ६ वर्षको अवधिमा ३१ जनाको मृत्यु भएको र १५ जना अगंभंग भएका छन्। वैदेशिक रोजगार विभाग र आप्रवासी स्रोत केन्द्रको तथ्यांककाे रेकर्ड अनुसार यती मात्रै भेटिएता पनि मृत्यु हुने र शारिरीक रुपमा अंगभंग हुनेको संख्या अझै बढ्न सक्ने सामि परियोजनाले जनाएको छ । 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र हेल्भेटास नेपालको तर्फवाट कार्यक्रम अधिकृत उमा पौडेल लगायतले पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि, चुनौती र समाधानको उपाएका बिषयमा आ–आफ्नो प्रस्तुती समेत गरेका थिए। उक्त कार्यक्रम मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतको अध्यक्षतामा भएको  थियो ।