१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरीमा संलग्न एकजना प्रहरी नियन्त्रणमा    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३३:oo

काठमाडौको शंकरापुर नगरपालिका ५ पालुबारीबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ धुसकोट घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २२ वर्षीय संजय तामाङ रहेका छन्। 

वास्तविक नम्बर बागमती प्रदेश ०२(०५१ प २१ १९  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२(०४९ प २८ ९६ राखि तामाङले चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। 

उक्त मोटरसाइकल दाङ घर भएका मिलन नेपालीले काठमाडौंको बालाजुबाट हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए। नियन्त्रणमा तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए। 

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जवत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन् ।