१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २९ बिहीबार o५:४o:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : दोस्रो उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार o५:४o:oo

दुई बालक घरदेखि केही पर खेलिरहेका थिए । खेल्नमा मस्त दुईमध्ये एक बालक नजिकै रहेको गहिरो इनारमा भूलवश खस्न पुगे । इनारमा खसेका बालक बचाऊ बचाऊ भनेर चिच्याउन थाले । बाहिर रहेका बालक पनि निकै डराए । उनी पनि सहयोगको आग्रह गरी चिच्याउन थाले । तर, सुनसान स्थान भएकाले उनीहरूको आवाज कसैले सुनेन । जसले गर्दा उनीहरूले कसैबाट सहयोग पाउने सम्भावना देखिएन ।

यत्तिकैमा बाहिर रहेका बालकले नजिकै एउटा डोरीसहितको बाल्टिन देखे । उनले तत्काल डोरीको एक छेउनजिकै रहेको ढुंगामा बाँधे र बाल्टिन भएको भाग इनारमा खसाले । इनारमा खसेका बालकले बाल्टिन बलियोसँग समाते । बाहिर रहेका बालक आफ्नो भएभरको तागत लगाएर डोरी तान्न थाले । केही समयमा इनारमा खसेका बालकलाई बाहिर निकालेर बचाउन उनी सफल भए ।

जब गाउँ पुगे, तब उनीहरूले त्यहाँ भएको घटना परिवारका सदस्यलाई बताए । तर, कसैले पनि उनीहरूको कुरामा विश्वास गरेनन् । एक गाउँलेले उनीहरूको कुरा सुनिसकेपछि भने– बाबु, तिमी एक बाल्टिन पानी त तानेर बाहिर निकाल्न सक्दैनौ भने आफूजत्रै साथीलाई तानेर कसरी बाहिरन निकाल्न सक्छौ ? तिमीहरू दुवै किन हुनै नसक्ने कुरा गरेर झुटो बोलिरहेका छौ हँ ? 

के तिमीहरू हामीलाई उल्लु बनाउन खोज्दै छौ हो ?

ती गाउँलेको कुरा सुरिहेका एक वृद्धले भने– यी बालकले बिल्कुलै सही भनिरहेका छन् । किनकि, त्यहाँ यिनका लागि दोस्रो कुनै उपाय नै थिएन । साथै, त्यहाँ उनलाई यो काम तिमीले गर्न सक्दैनौ भनेर उनको क्षमताको सीमा सम्झाइदिने मान्छे पनि कोही थिएन ।