१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 12 June, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format o९:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एउटा विद्यालय जहाँ १६ विद्यार्थी भर्ना, नियमित आउने चार मात्रै, पाँच शिक्षक !

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format o९:४२:oo

कञ्चनपुरको एक सामुदायिक विद्यालयमा न्यून विद्यार्थी भर्ना भएका छन्। चालू शैक्षिक सत्र ०८२ मा दोधाराचाँदनी नगरपालिका– १०, प्रतिभा टोलमा रहेको हरिओम आधारभूत विद्यालयमा निकै कम विद्यार्थी भर्ना भएका हुन्। यस वर्ष शैक्षिक सत्रकोे सुरुवातमै सामुदायिक विद्यालयका  शिक्षक काठमाडौंकेन्द्रित आन्दोलनमा हुँदा केही विद्यार्थी निजीतिर भर्ना भएपछि  सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको जनाएको छ। 

बालविकासदेखि कक्षा पाँचसम्म भर्ना भएका विद्यार्थी पनि नियमित उपस्थित नहुने गरेको विद्यालयले जनाएको छ। हरिओम आधारभूत विद्यालयका प्रधानाध्यापक कुशबहादुर बुढाले यस वर्ष न्यून विद्यार्थी भर्ना भएको बताए। प्रधानाध्यापक बुढाका अनुसार बालविकासमा आठ, कक्षा एकमा एक, कक्षा दुईमा दुई, कक्षा चारमा दुई  र कक्षा पाँचमा तीन  विद्यार्थी भर्ना भएको बताए । यस वर्ष कक्षा दुईमा विद्यार्थी नै भर्ना भएका छैनन् । थोरै विद्यार्थी भर्ना त्यसमा पनि न्यून विद्यार्थी आउने भएपछि शिक्षकलाई हाइसन्चो भएको छ ।  

‘भर्ना भएका सबै विद्यार्थी विद्यालय आउँदैनन्,’ ‘प्रधानाध्यापक बुढाले भने, ‘फेसनले पनि यहाँका विद्यार्थी निजीतिर गए।’ उनका अनुसार नियमित चार विद्यार्थी मात्रै विद्यालय आउने गरेका छन् । कहिलेकाहीँ मात्रै चारभन्दा बढी विद्यार्थी पुग्ने  गरेका छन्। गत शैक्षिक सत्र ०८१ मा २४ विद्यार्थी भर्ना भएका थिए। यस वर्ष आठजना विद्यार्थी घटेर १६ मात्रै भर्ना भए पनि नियमित हालसम्म चारजना मात्रै विद्यार्थी आउने गरेको प्रधानाध्यापक बुढाले बताए । 

यस विद्यालयमा प्राथमिक स्थायीसहित दुई बालविकास तथा राहत र निजी एक–एक शिक्षकसहित एक विद्यालय सहयोगी छन्। सरकारले आधारभूत तहका विद्यार्थीका लागि दिवाखाजाको प्रबन्ध गरे पनि उक्त विद्यालयमा विद्यार्थी भर्ना नहुनेदेखि भएका पनि नआउने समस्या यथावत् छ।दोधाराचाँदनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले विद्यार्थी कम भएका विद्यालयमा अनुगमन गरेर विधि प्रक्रिया पूरा गर्दै समायोजन गरिने बताए।

२२ सामुदायिक विद्यालय रहेको दोधाराचाँदनीमा यति न्यून विद्यार्थी हुँदासमेत पालिकाले समयमै अनुगमन गरेर विद्यार्थीको भविष्यको ख्याल गर्नुपर्नेमा स्थानीयको सुझाव छ ।