१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
प्रकाश पौडेल बर्दिया
२o८२ जेठ २९ बिहीबार १५:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा करेन्ट लागेर  एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
२o८२ जेठ २९ बिहीबार १५:o५:oo

बर्दियामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका –८ तिल्कानाकी ६० वर्षीया गंगादेवि आचार्यको बुधबार करेन्ट लागेर बुधबार मृत्यु भएको हो।

बिहान घर नजिकै रहेको धारा चलाउँदा मोटरबाट  करेन्ट लिक भई आचार्यको दाहिने हातमा करेन्ट  लागेको थियो ।  घाइते आचार्यलाई उपचारको लागी नर्सिंहोम नेपालगंज लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं बर्दिया विपद व्यवस्थापन समितिको सम्पर्क व्यक्ती  बिमल गुरुङले बताए 

बर्दियामा जेठ महिनामा मात्र करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । करेन्ट चुहावट भएर, विद्युत् सर्ट भएर, व्यक्तिगत असावधानीका कारणले  करेन्ट लागेर मृत्यु हुने गरेको छ । मृतकको  पोस्टमार्टम बुधबार भेरी अस्पताल नेपालगंज भएको छ ।