
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा दुई हजार नाै सय र चाँदी ५५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९२ हजार सात सय कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ४५ रुपैयाँ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।