
नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको केन्द्रीय समिति भंग गर्नुपर्ने माग राख्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन भएको छ ।
अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समिति भंग गर्नुपर्ने मागसहित तरुण दलका नेता-कार्यकर्ताहरू शुक्रबार विरोधमा उत्रिएका हुन् ।
मोटरसाइकल र्यालीसहित सानेपा पुगेर वर्तमान समितिलाई भंग गरेर नयाँ ल्याउनुपर्ने उनीहरूको माग छ । विरोध र्यालीको नेतृत्व गर्नेहरूमा तरुण दलका केन्द्रीय सदस्य सरोज न्यौपाने, रोजन राई, सतिन्द्रसिंह ठकुरीलगायत छन् ।तरुण दल अध्यक्ष गुरुङ महाधिवेशन गराउन असक्षम रहेकाले उनलाई निरन्तरता दिन नहुने उनीहरूको भनाइ छ ।
ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार भ्रातृ संस्था विवादलाई लिएर भएको प्रदर्शनबाट हुने सक्ने सम्भावित घटनालाई लिएर सुरक्षाकर्मी परिचालन गरिएको हो ।