१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
कोपनहेगन
Invalid date format o९:२८:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने

Read Time : < 1 मिनेट
कोपनहेगन
नयाँ पत्रिका
Invalid date format o९:२८:oo

डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने सवारी रहेका छन् । यो तथ्यांकले हरित यातायातप्रतिको जनचासो बलियो रहेको देखाएको छ, यद्यपि आगामी कर प्रणालीबारे अनिश्चितता देखिन्छ ।

‘मोबिलिटी डेनमार्क’ नामक यातायातसम्बन्धी संस्थाले सार्वजनिक गरेको विवरणअनुसार मे महिनामा डेनमार्कमा १७ हजार ९५३ वटा नयाँ यात्रुवाहक सवारी दर्ता गरिए, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २३.३ प्रतिशतले बढी हो ।

तीमध्ये ६१ प्रतिशत सवारी विद्युत्बाट सञ्चालन हुने गरेका थिए । निजी खरिदकर्तामा विद्युत् सवारीको अनुपात अझै उच्च रहेको बताइएको छ । संस्थाका प्रमुख म्याड्स रोर्बिगले भने, ‘जनतामा नयाँ प्रविधिप्रतिको रुचि, विशेषगरी हरित प्रविधिप्रति आकर्षण देखिन्छ ।’ 
 
 

छुटाउनुभयो की ?