
सरकारले दलित समुदायको परम्परागत सीप, कला र पेसा संरक्षण गर्दै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्न ‘भगत् सर्वजित उद्यमशीलता विकास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
आधुनिक प्रविधिको प्रयोग गरिने सुन, चाँजी, फलाम, काठलगायतका सामग्रीको उत्पादन गरी बजारीकरण गर्ने उनको भनाइ छ। यसका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए।