
मंगलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ। आज सुन तोलामा रु. एक हजार ६ सयले घटेको छ। सोही परिमाणको चाँदी १० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार तीन सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु. दुई हजार पाँच निर्धारण भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।