Skip This
साउनदेखि कांग्रेसले नयाँ सदस्यता दिने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ८ बिहीबार ११:१२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

साउनदेखि कांग्रेसले नयाँ सदस्यता दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार ११:१२:oo

कांग्रेसले आगामी साउनदेखि पार्टीको नयाँ सदस्यता वितरण गर्ने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सकेर साउनदेखि नयाँ सदस्यता वितरण सुरु गर्ने निर्णय गरेको हो ।

बैठक महामन्त्री गगन थापाको संयोजकत्वमा पार्टी कार्यालय, सानेपामा बसेको थियो । व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणबारे निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार असार मसान्तसम्म नवीकरण सकेर साउनबाट नयाँ सदस्यता वितरण सुरु हुनेछ । कांग्रेसले अहिले नवीकरण भइरहेका सदस्यहरूको सूचीलाई अनलाइनमा प्रविष्ट गराउने काम गरिरहेको छ ।