Skip This
‘कुलिङ पिरियड’ नराख्न लबिङ गर्दै सचिवहरूले भेटे सभामुख र राष्ट्रिय सभा अध्यक्ष
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ८ बिहीबार १४:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘कुलिङ पिरियड’ नराख्न लबिङ गर्दै सचिवहरूले भेटे सभामुख र राष्ट्रिय सभा अध्यक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार १४:४o:oo

निजामती विधेयकमा ‘कुलिङ पिरियड’ नराख्न लबिङ गर्दै मुख्यसचिव र सचिवहरूले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई भेटेका छन्।

बिहीबार मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेकाे हाे।

सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले मुख्यसचिवसहितको टोलीले सभामुखलाई भेटेको पुष्टि गरे। भेटमा मुख्यसचिव अर्याल, संसद्का महासचिव पद्मप्रसाद पाण्डे र सचिवसहित करिब २० जना थिए। उनीहरूले दिउँसो १ बजेतिर सभामुखलाई भेटेका हुन्।

सचिवहरूको टोलीले निजामती विधेयकबाट कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन माग गरेको छ। निजामतीलाई मात्र लक्षित गरेर ल्याइएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थाले अन्याय भएको उनीहरूको दाबी छ।

सभामुखलाई भेटेपछि सचिवहरूको टोलीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेको हो। गत सोमबार प्रधानमन्त्री केपी ओली र मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेर उनीहरूले कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन माग गरेका थिए।