Skip This
इतिहासमा आज
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ८ बिहीबार ११:o८:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार ११:o८:oo

सन् १९६० : चिल्लीको भाल्दिभिया केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गयो । ९.५ रेक्टर स्केलको सो भूकम्पबाट सात हजार जनाको ज्यान गएको थियो ।

सन् १८४९ : अब्राहम लिंकनको नाममा डुंगा उचाल्न प्रयोग हुने एक उपकरणको आविष्कारकको रूपमा नाम दर्ता भयो । लिंकन आविष्कारको रूपमा नाम दर्ता हुने एक मात्र अमेरिकी राष्ट्रपति हुन् ।

सन् १९०६ : राइट दाजुभाइले आविष्कार गरेको ‘विमान’का लागि प्याटेन्ट हासिल गरे । प्याटेन्टका लागि उनीहरूले तीन वर्षअघि निवेदन दर्ता गराएका थिए ।

सन् १९३९ : जर्मन चान्सलर एडोल्फ हिटलर र इटलीका नेता बेनितो मुसोलिनीबिच ‘प्याक्ट अफ स्टिल’नामक समझदारीमा हस्ताक्षर भयो । सम्झौताले सन् १९३६ को रोम–बर्लिन धुरी नामक गठबन्धनलाई औपचारिकता प्रदान गर्‍यो ।

सन् १९४७ : बाह्य वा आन्तरिक अधिनायकवादी शक्तिबाट खतरामा रहेका प्रजातान्त्रिक देशलाई राजनीतिक, सैन्य र आर्थिक सहायता प्रदान गर्न भनेर ल्याइएको ‘ट्रुम्यान डक्ट्रिन’ आजकै दिनबाट कार्यान्वयनमा आयो । सुरुमा टर्किए र ग्रिसले सहायता पाए ।

सन् १९७२ : नयाँ अनुमोदन भएको संविधानअनुरूप ‘सिलोन’को नाम बदलिएर ‘श्रीलंका’ बन्यो ।

सन् १९९० : उत्तर यमन तथा दक्षिण यमनबिच एकीकरण भएर गणतन्त्र यमन स्थापना भयो ।

सन् २००४ : भारतीय राष्ट्रिय कंग्रेस नेता तथा पूवअर्थमन्त्री मनमोहन सिंह भारतका १३औँ प्रधानमन्त्री बने ।

सन् २०१४ : थाइल्यान्डमा जनरल प्रयुत चान–ओ–चाको नेतृत्वमा कु भयो, जुन सन् १९३२ पछिको १२औँ सैन्य कु थियो ।