Skip This
साढे २५ लाख मूल्यका भन्सार छलीका सामान बरामद
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
२o८२ जेठ १ बिहीबार ११:१५:oo
Read Time : < 1 मिनेट
समाचार

साढे २५ लाख मूल्यका भन्सार छलीका सामान बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार ११:१५:oo

कैलालीमा प्रहरीले करिब साढे २५ लाख मूल्यबराबरका भन्सार छलीका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान टोलीले भारतबाट भन्सार छलेर ल्याइएका सामान कैलारी गाउँपालिका– ९ बाट बरामद गरेको हो ।

बेवारिसे अवस्थामा रहेका सुट, धोती, साडी, तौलिया, ब्लाउजलगायत २५ लाख ५४ हजार रुपैयाँ मूल्यबराबरका कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका गणेश नाथले जानकारी दिए । बरामद सामान त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको प्रहरीले जनाएको छ ।