
चन्द्रागिरि नगरपालिका– ११, सतुंगल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब ५:३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी, स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
आगो निभाउन नेपाली सेना विपत् व्यवस्थापन गण, नेपाल आयल निगम, जुद्ध बारुणयन्त्र, चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाका दमकल प्रयोग गरिएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।