Skip This
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने मन्त्री पौडेलको तयारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १ बिहीबार १५:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने मन्त्री पौडेलको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १५:२६:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गरेका छन् ।

हाल अस्तित्वमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड, २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० लाई परिमार्जन गर्नका लागि उनले समिति गठन गरेका छन् ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका ११औँ तहका सहसचिव डा. अनुप बाँस्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनीलक्ष्मी तुइतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानुन उपसचिव गोपीकृष्ण रेग्मीलगायत छन् ।

हालको मापदण्डले आँखा अस्पताल, नाक, कान र घाँटी अस्पताल तथा न्युक्लियर मेडिसिनलगायतकाले स्वास्थ्य संस्थाको मापदण्ड नसमेटेकाले त्यसलाई थप्ने तयारी मन्त्रालयको छ ।