Skip This
आपतकालीन गोदामघर कोशी सरकारलाई हस्तान्तरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका विराटनगर
२o८२ बैशाख ३१ बुधबार o९:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आपतकालीन गोदामघर कोशी सरकारलाई हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार o९:५५:oo

विराटनगर संयुक्त भन्सार जाँचचौकी (आइसिपी)मा निर्माण भएको आपत्कालीन गोदामघर संघीय सरकारले कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । विराटनगरको बुधनगरस्थित आइसिपीमा निर्माण भएको आपत्कालीन गोदामघर मंगलबार गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् । 

नेपाल सरकारले विराटनगर भन्सार कार्यालयको परिसरमा विश्व खाद्य कार्यक्रमको रकमबाट विपत् व्यवस्थापनका लागि प्रादेशिक आपत्कालीन गोदामघर निर्माण गरिएको हो । गृहमन्त्री लेखकले देशमा आपत्–विपत् परेको समयमा प्रदेश सरकारले आवश्यक सामग्रीका लागि संघीय सरकार गुहार्नुपर्ने बाध्यता अन्त्य गराउन आपत्कालीन गोदामघर कोशी सरकारलाई हस्तान्तरण गरेको बताए । उनले भने, ‘आपत्कालीन गोदामघर हस्तान्तरण कार्य संंघीयता कार्यान्वयनको सन्देश पनि हो ।’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले आपत्कालीन गोदामघर हस्तान्तरण गरेर विपत् व्यवस्थापनमा कोशी प्रदेश सरकारलाई थप जिम्मेवार बनाएको बताए । उनले भने, ‘गोदामघर हस्तान्तरणले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन हुन थालेको सकारात्मक सन्देश पनि गएको छ ।’  

आपत्कालीन गोदामघरमा विपत्का लागि आयात गरिएका सामग्री सुरक्षित रूपले भण्डारण गरेर राखिनेछ । उक्त गोदामघरमा हाल चाइनिज पारिवारिक टेन्ट चार सय २२ र भारतीय पाँच सय थान छन् । यसैगरी दुई सय ४१ र म्याट्रेस दुई सय ४१ थान छन् । एक हजार ५० थान सिरक र एक हजार थान सिराने, एक सय ५० थान स्लिपिङ ब्याग, ठुलो म्याट्रेस एक हजार थान, ७० थान प्लास्टिक सिट र १५ थान ठुलो त्रिपाल भण्डारण रहेका छन् ।