१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २५ बिहीबार १६:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रेशम चौधरी पक्राउबारे गृहमन्त्री– कानुन कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह थिएन [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार १६:४५:oo

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

चौधरीको पक्राउका विषयमा बिहीबार सदनलाई जानकारी दिँदै लेखकले सर्वोच्च अदालतमा कार्यरत एक कर्मचारीले विवेकबाहिर गएर गरेको अनधिकृत पत्र–व्यवहारका कारण घटना भएको बताए।

यसअघि अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझैँ यसपटक पनि सही नियतले काम गर्न खोजेको उनको भनाइ छ। यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबिच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका वेला रेशम चौधरी पक्राउ परेका थिए ।

कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, ‘यसअघि सम्मानित अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैँ यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहन्छु।’

भविष्यमा यस्ता घटना नदोहोर्‍याउन सबैलाई सजग गराएको उनको भनाइ छ।

हेर्नुस् भिडियाे :