१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २५ बिहीबार १५:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आशाअनुसार नीति तथा कार्यक्रम आएन : कांग्रेस सांसद परियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार १५:o८:oo

नेपाली कांग्रेसका सांसद जीवन परियारले आशा गरेअनुसार नीति तथा कार्यक्रम नआएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै परियारले नीति तथा कार्यक्रममा लागू गर्न सकिने कुराहरू समेटिनु सकारात्मक पक्ष भए पनि सरकार बन्दाको आशाअनुसार नभएको बताएका हुन्।

‘...आवश्यकताअनुसार संविधान संशोधन गर्नेलगायतका अत्यन्त्यै महत्त्वपूर्ण विषयमा दुई दलका बिचमा सहमति गरेका थियौँ। यसले एउटा खालको ठुलो आशा हामीलाई जगाएको थियो। तर, कताकता हामीले आशा गरेअनुसार, नीति तथा कार्यक्रममा केही कमजोरी भएको हो कि भन्ने प्रश्न उठेको छ,’ उनले भने।

पूर्वसचिव रामेश्वर खनाल र डिल्लीराज खनालको प्रतिवेदन कार्यान्वयन गर्ने कुरा नीति तथा कार्यक्रममा समेटिए पनि बजेटमा नआए हास्यास्पद हुने उनको भनाइ छ।