१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २५ बिहीबार १३:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसद्वारा घोषित युक्रेनसँगको तीनदिने युद्धविराम आजदेखि लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार १३:३९:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीनदिने युद्धविरामका लागि दिएको आदेश बिहीबारदेखि लागू भएको क्रेमलिनले जानकारी गराएको छ । युद्धविरामलाई रुसले शान्तिका लागि किएभको तत्परताको परीक्षण भएको बताएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र सर्बियाका अलेक्जेन्डर भुसिकसहितका विश्वका नेताहरू दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मनाइने कार्यक्रममा सहभागिता जनाउन मस्कोमा रहेका छन् । 

युक्रेनको सेनाले बिहीबार बिहानै पूर्वी सुमी क्षेत्रमा रुसी सेनाले हवाई आक्रमण गरेको बताए पनि रातभर अपेक्षाकृत शान्त देखिएको छ । किएभले कुनै पनि क्षति वा हताहतीको जानकारी दिएको छैन । रुसी नेता पुटिनले जर्म नाजीविरूद्ध मस्कोको विजय दिवस परेडको अवसर पारेर एकतर्फी रुपमा अस्थायी युद्धविराम गर्न आदेश दिएका हुन् । 

यद्यपि, युक्रेनले यो युद्धविराम प्रस्तावमा सहमति जनाएको छैन । युक्रेनले यसलाई नाटकको संज्ञा दिँदै यो युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ र यसको सट्टा ३० दिनको युद्धविरामको आह्वान गरेको छ ।
 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरीमा युक्रेनको सत्ता सम्हालेयता मस्कोले युक्रेनमाथि गरेको तीनवर्षे सैन्य आक्रमण अन्त्य गर्ने प्रयास गरे पनि दुई देशबिचको शत्रुता कम गर्न असफल देखिएका समय एकतर्फी रूपमा भएको युद्धविरामलाई पुटिनको रणनीतिका रूपमा अर्थ्याइएको छ ।