१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २५ बिहीबार ११:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एआई सञ्चालित ‘ब्रेथ फ्री ९०’ कार्यक्रम घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार ११:३६:oo

बिरामीले क्युआर कोड स्क्यान गरेर सजिलैसँग कार्यक्रममा सहभागी हुन सक्ने

विश्वव्यापी औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँगको साझेदारीमा ‘ब्रेथ फ्री ९०’ एआई सञ्चालित पहलको घोषणा गरेको छ । यो पहलले नेपालमा श्वासप्रश्वासका बिरामीमा इनहेलर प्रयोग गर्ने तरिकालाई एआईमार्फत निर्देशित गराउने लक्ष्य राखिएको छ ।

तीन महिनाका लागि डिजाइन गरिएको यो कार्यक्रमले बिरामीको इनहेलर उपचारलाई सघाउन ह्वाट्सएपमार्फत दैनिक सूची पठाउन च्याटबट प्रयोग गर्नेछ । नेपालमा दम र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजजस्ता श्वासप्रश्वास रोगहरू बढिरहेका वेला आएको यो पहललाई महŒवपूर्ण रूपमा हेरिएको कम्पनीले जनाएको छ । 

‘ब्रेथ फ्री ९०’ ले समयमै रिमाइन्डर प्रदान गर्नुका साथै बिरामीलाई इनहेलर प्रयोग र रोग व्यवस्थापनमा शैक्षिक सामग्री पनि प्रदान गर्नेछ । बिरामीले क्लिनिक, अस्पताल र फार्मेसीमा उपलब्ध क्युआर कोड स्क्यान गरेर सजिलैसँग कार्यक्रममा सहभागी हुन सक्नेछन् । त्यसपछि बिरामीको सहमतिमा च्याटबटले उनीहरूको उपचार तालिकाअनुरूप अन्तक्र्रियात्मक सन्देश पठाउने बताइएको छ । 

सिप्लाका इमर्जिङ मार्केट्स एन्ड युरोपका सिइओ स्वप्न मालपाणीका अनुसार यो कार्यक्रमले बिरामी हेरचाहमा वास्तविक परिवर्तन ल्याउन प्रविधि प्रयोग गर्ने कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । 

‘हामी दीर्घकालीन श्वासप्रश्वासका रोगी मानिस कसरी बाँच्छन् भन्ने कुरामा सुधार गर्न काम गरिरहेका छौँ र ब्रेथ फ्री ९० त्यो दिशामा एक ठुलो कदम हो,’ उनले भने ।