१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२१ देखि २५ साउनसम्म मोबिलिटी एक्स्पो, खुल्यो बुकिङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले भृकुटीमण्डपमा गर्न लागेको अटोमोबाइल प्रदर्शनी ‘नेपाल मोबिलिटी एक्स्पो, २०२५’ का लागि बुकिङ खुला भएको छ । नाइमाले आगामी २१ देखि २५ साउनसम्म अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी एक्स्पो आयोजना गर्दै छ । 

एक्स्पोमा सहभागिता जनाउन वैशाख २२ देखि २९ वैशाखसम्म बुकिङ खुला रहने बताइएको छ । इच्छुक कम्पनीले तोकिएको समयभित्र बुकिङ फाराममा भर्नुपर्नेछ । अन्तिम स्टल बाँडफाँट भने गोलाप्रथामार्फत गरिने आयोजकको भनाइ छ ।

साथै, दुई र चारपांगे्र सवारीसाधन तथा हलुका व्यावसायिक सवारीसाधनका लागि छुट्टाछुट्टै हल राखिनेछैन । प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको बताइएको छ ।

अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीलाई एकै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्न एक्स्पो आयोजना गर्न लागिएको हो । प्रदर्शनीको व्यवस्थापन र संयोजन भने मिडिया स्पेस सोलुसन्स प्रालिले गर्नेछ । 

‘नाइमाले नेपालको अटोमोबाइल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,’ संस्थाकी संस्थापक अध्यक्ष रितुसिंह वैद्यले भनिन् ।