१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १o:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लोहार समुदायको पुर्ख्यौली पेसा संकटमा, युवा पुस्ता आउन चाहँदैनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२४:oo

सीमावर्ती देश भारत बिहार रक्सौलनिवासी ५७ वर्षीय रामकृपाल शर्मा सानो उमेरदेखि नै आफ्नो पुर्ख्यौली पेसा लोहसारीमा आबद्ध भएर अहिलेसम्म नियमित रूपमा खटिँदै आएका छन् । विगतमा गाउँघरमै पुर्ख्यौली  काम गरेका उनले करिब एक दशकदेखि वीरगन्जको शिवा अस्पताल गल्लीमा आफ्नो लोहसारी खोलेर काम गर्दै आएको सुनाउँछन् । 

दैनिक २० किलोमिटर साइकल चलाएर पुर्ख्यौली पेसामा रहेका रामकृपाललाई अब आफ्नै पालासम्म परिवारमा यो पेसा रहने उनको भनाइ छ । कृषि परियोजनाका लागि विभिन्न किसिमका आधुनिक मेसिन तथा औजारको विकाससँगै अहिले लोहार समुदायको पुर्ख्यौली  पेसा संकटमा परेको छ । अहिले नयाँ पुस्ताका युवाहरू पुर्ख्याैली पेसामा आबद्ध नहुने देखिएपछि संकटमा परेको उनको बुझाइ छ । गाउँघरभन्दा बढी आम्दानी हुने लोभमा सहर पसेका रामकृपाल दुई वर्षदेखि समस्या खेप्दै आएको सुनाउँछन् । सानो उमेरदेखि नै यही काममा रहेकाले शरीरले साथ दिएसम्म खटिरहने उनको योजना छ । 

‘अहिले साइकल चलाउन सक्ने भएकाले पनि वीरगन्जमा आउजाउ गरेर खटिएको छु, यो शरीरले साथ दिएसम्म परिवारमा यो पेसामा रहन्छु,’ उनले भने। उनका अनुसार ट्याक्टरको प्रयोग गरी फाली तथा रोटाभेटरले खेतको जोताइ कार्य र धान, गहुँ भित्र्याउन हार्भेस्टर तथा थ्रेसलगायतका आधुनिक मेसिनहरूको प्रयोग बढेका कारण परम्परागत औजारको प्रयोग घटेको छ । जसले लोहार समुदायको लोहसारी पेसा लोप हुने अवस्थामा पुगेको छ ।

घरायसी तथा खेतीका सामान्य कार्यका लागि प्रयोग हुने हँसिया, खुर्पी, खुर्पा, कोदालो, बन्चरो तथा खुकुरी बनाउन तथा मर्मतका लागि मात्र सर्वसाधारण लोहसारी (फलामको औजार उत्पादन तथा मर्मत गर्ने स्थान)मा आउने गरेका थिए । 


आम्दानी घटेकाले पेशामा युवा पुस्ता आउँदैनन्

अहिले लोहसारीमा आउने ग्राहकको कमी भएकाले पनि आम्दानी घटेको अवस्था छ । यस पेसामा काम गरेबापत पाउने ज्याला निकै कम भएका कारण लोहार समुदायले पुर्ख्यौली पेसालाई छोड्दै गरेको उनको भनाइ छ । परम्परागत चलनअनुसार यो आम्दानीले परिवारको खर्च धान्न नसकिने हुँदा छोराछोरी अन्य पेसामा लागेको उनले बताए । यस पेसामा आय एकदमै न्यून भएकाले अबका सन्तती अन्य पेसा रोज्दै सहर तथा वैदेशिक रोजगारमा लागेको उनी बताउँछन् ।

विगतमा प्रत्येक गाउँ, टोलमा कम्तीमा एकवटा लोहसारी हुने गर्थ्याे । तर, अहिले लोहसारी खोज्नै गाह्राे भएको छ । अहिले वीरगन्जमा ७० प्रतिशत लोहसारी बन्द भएको र अबको एक दशकभित्रमा एउटा पनि नपाउने स्थिति आउने उनको भनाइ छ ।