१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
Invalid date format o९:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा विद्युत् सर्ट भई आगलागी हुँदा ४० लाखको क्षति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४५:oo

उदयपुरको चौदण्डीगढी नगरपालिका– ९, हडियाको मुसहर्नियामा एक घरमा विद्युत् सर्ट भई आगलागी हुँदा ४० लाखबराबरको क्षति भएको छ।  इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार स्थानीय सोवित खत्रीको काठ र टिनको छानो भएको घरमा गएराति आगलागी हुँदा ४० लाखको क्षति भएको हो।

इन्स्पेक्टर राईले आगलागीमा परी पीडित खत्रीको घरमा रहेको अन्नपात, गरगहाना, भाँडावर्तनलगायत जलेर ४० लाख अनुमानित क्षति भएको बताए । पीडित खत्रीको घरको भान्साकोठाबाट विद्युत् सर्ट भई आगलागी सुरु हुँदा ग्यास सिलिन्डर पड्केकाले घरमा भएका गरगहाना, भाँडावर्तनलगायत झिक्न नपाएको गुनासो पीडितले गरेको राईको भनाइ छ।

आगलागी सुरु भएको जानकारी आउनासाथ चौदण्डीगढी नगरपालिकाको बेल्टारमा रहेको दमकलसमेत त्रियुगा नदीको बाढीको कारण समयमै पुग्न नसकेको अवस्था थियो । त्रियुगा नदीमा आएको बाढीका कारण हडिया–बेल्टार सिधा आवतजावत रोकिएको छ। 

६ वर्षअघि निर्माणधीन अवस्थामा ढलेको सिवाई वेल्हा पुल नहुँदा समस्या भएको स्थानीयको भनाइ छ। आगलागी भएको घरमा सोभित खत्री र उनका दाइ मोहन खत्रीको गरी १० जनाको परिवार बस्दै आएको थियो ।