१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५७:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बुद्ध र किसान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५७:oo

धेरै वर्ष पहिलेको घटना हो । त्यतिखेर बुद्ध पहिलोचोटि वर्तमान नेपालको राजधानी काठमाडौं अर्थात् तत्कालीन ‘नेपाल’ राज्यमा पुगेका थिए । बुद्ध नेपाल राज्यमा पुग्दा यहाँ किराँतवंशी राजाको शासन चलिरहेको थियो । बुद्ध हरेक बिहान भिक्षाटनका लागि निस्किन्थे ।

साथमा उनका केही निकट भिक्षुहरू पनि हुन्थे । तत्कालीन नेपालका सबैजसो नागरिक खेती–किसानीबाटै आफ्नो गुजारा चलाउँथे । बुद्ध एकजना किसानको द्वारमा पुगे र भिक्षाका लागि आग्रह गरे । किसान बाहिर निस्किए ।

उनले केही सन्तलाई हातमा भिक्षापात्र लिएर आफ्नो ढोकासामु उभिइरहेको देखे । किसानले भने– हे सन्तहरू हो, म एउटा किसान हुँ । म निकै कठोर परिश्रम गरेर धर्तीबाट अन्न उब्जाउँछु । अनि, कुनै परिश्रम नगर्ने तपाईंहरूलाई म किन भिक्षादान गरूँ ? 

किसानको प्रश्न सुनेपछि बुद्ध मुसुक्क मुस्कुराए शान्त स्वरमा जवाफ दिए– महोदय, म पनि त एक किसान नै हुँ । तपाईं खेतबारीमा खाद्यान्नको खेती गर्नुहुन्छ । म ज्ञानको खेती गर्छु । आत्मा नै मेरो खेतबारी हो । म आफ्नो ज्ञानको हलोद्वारा खेतबारी जोत्छु ।

त्यसमा श्रद्धाको बीज रोप्छु । अनि, साधना र तपस्याको जलद्वारा त्यसलाई अभिसिञ्चित गर्छु । सत्य र अहिंसाका औजारद्वारा तिनको नियमित गोडमेल गर्छु । यदि तपाईंले आफ्नो खेतीबाट केही अन्न मलाई भिक्षामा दिनुभयो भने म पनि आफ्नो खेतीको केही भाग तपाईंलाई भिक्षाका रूपमा दान गर्न सक्छु । 

चुपचाप बुद्धका गहन कुरा सुनिरहेका किसान बुद्धको भनाइबाट निकै प्रभावित भए । उनले तत्कालै बुद्धको शिष्य बन्ने निर्णय गरे । बुद्धले पनि उनलाई सहर्ष आफ्ना शिष्य बनाए ।