
जानकी नवमी (सीताजयन्ती)मा सरकारले विभेद गरेको विषय संसदमा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मंगलबारको संसद् बैठकमा बोल्दै उनले जानकीजयन्तीमा बिदा दिन माग गरेका छन्।
नेपालमै जन्मिएकी सीताको जन्मजयन्तीको अवसरमा जानकीजयन्ती मनाइन्छ । राम दिवसमा बिदा दिने, तर जानकीजयन्तीमा बिदा नदिनु विभेद भएको सांसद झाको भनाइ छ।
सांसद प्रभु साहले पनि यस विषयमा ध्यानाकर्षण गराएका छन्। मंगलबार जानकीजयन्ती भए पनि सरकारले कुनै पनि गतिविधि नगरेर विभेद गरेको उनको भनाइ छ।