१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३०० दिन पुग्नै लाग्दा प्रधानमन्त्रीले भने–थप दुई महिनाभित्र त्रिवि मैदानकाे काम पूरा नभए सैह्य हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

त्रिवि क्रिकेट मैदानको काम तोकिएको समयसीमाभित्र सम्पन्न नहुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीसँग स्पष्टीकरण मागेका छन्।

मन्त्रिपरिषद्ले तीन सय दिनभित्र त्रिवि मैदानमा सुविधासम्पन्न संरचना बनाउने पहिलो निर्णय गरेको थियो। यही वैशाख २४ गते बुधबार तीन सय दिन पुग्नै लाग्दा सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण लिएको प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

‘जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नुपरेको परिवर्तन र निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समयसीमामा काम सम्पन्न गर्न नसकेको बताउनुभयो,’ ओलीले फेसबुकमा लेखेका छन्।

तीन सय दिनभित्र काम पूरा नभएपछि प्रधानमन्त्रीले  प्यारापिट निर्माण र फ़्लडलाइट जडानका लागि दुई महिना समय थप गरेका छन्। थपिएको समयमा पनि काम पूरा नभए सरकारलाई सैह्य नहुने प्रधानमन्त्रीको चेतावनी छ।

‘थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गरिसक्ने वाचा गर्नुभएको छ। आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुने गरी काम गर्नुपर्छ भन्ने सरकारको प्राथमिकता छ। कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनुपर्थ्यो। थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य नहुने जानकारी गराएको छु। असारको अन्तिम सातासम्म पक्कै हामीले कीर्तिपुरमा क्रिकेट रंगशाला पाउनेछौँ,’ उनले भनेका छन्।