१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
२o८२ बैशाख २२ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालको राजनीतिमा दलाल र पुँजीपति हाबी : नन्दकिशोर पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार १८:२o:oo

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले नेपालको राजनीतिमा दलाल र पुँजीपति हाबी भएको आरोप लगाएका छन्। उनले दलाल पुँजीपतिहरूका कारण अहिले देशको अवस्था डामाडोल भएको दाबी गरे।

सोमबार हेटौँडामा भएको योङ कम्युनिस्ट लिग (वाइसिएल) मकवानपुरको पाँचौँ जिल्ला सम्मेलनमा बोल्दै उनले दुईतिहाइको सरकारको संरक्षणका कारण दलाल पुँजीपतिहरूको हालीमुहाली र मनोबल उच्च भएको बताए। भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको सट्टा वर्तमान सरकारले विभिन्न माध्यमबाट पुरस्कृत गरेको उनको दाबी छ।

‘भ्रष्टचारीहरूलाई कारबाही गर्नुको सट्टा सरकार आफैँ तिनको संरक्षणमा लागेको छ,’ उनले भने, ‘यस्तो लाग्छ, वर्तमान सरकार नागरिकका लागि नभई भ्रष्टाचारी, दलाल, पुँजीपति र बिचौलियाहरूको संरक्षणका लागि बनेको हो।’

उपाध्यक्ष पुनले देश अदृश्य शक्तिहरूको घेराबन्दीमा परेको उल्लेख गर्दै उनीहरूकै इसारामा देशको अर्थतन्त्र नाजुक अवस्थामा पुर्‍याइएको दाबी गरे। सरकार, न्यायपालिका सबैतिर त्यस्ता अदृश्य शक्तिहरू व्यापक रूपमा फैलिएको उनले जिकिर गरे। देशको राष्ट्रियतामाथि नै खतरा हुने गरी कांग्रेस र एमालेले ती शक्तिहरूसँग साँठगाँठ गरेको उपाध्यक्ष पुनले आरोप लगाए।

आफू दुईपटक उपराष्ट्रपति हुँदा ती सञ्जाललाई चिनेको दाबी गर्दैै उनले देश बचाउन त्यस्ता अदृश्य शक्तिको सञ्जाललाई तोड्नुपर्ने बताए। त्यसका लागि माओवादी घटकहरू पुनः एक ठाउँमा फर्कनुपर्ने उनको भनाइ छ। संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीको एजेन्डा भएको भन्दै उनले गणतन्त्र जोगाउने प्रमुख जिम्मेवारी माओवादीकै भएको पनि स्पष्ट पारे।