१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २२ सोमबार १७:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रम बनाउँदा सुझाव लिइएन : कांग्रेस सांसद बजगाईं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार १७:५९:oo

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सरकारको नीति तथा कार्यक्रम तयार पार्दा आफूहरूसँग सुझाव नलिइएको भन्दै असन्तुष्टि पोखेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बजगाईंले नीति तथा कार्यक्रममा स्पष्टता नदेखिएको बताए।

‘सरकारले नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्‍यो। त्यसपूर्व नीति कार्यक्रम निर्माता विद्वानहरुले हामीसँग सुझाव माग्नुपर्ने औचित्य देखेनन्,’ उनले भने, ‘यहाँ विधायकहरू शाखा अधिकृतबाट निर्मित विधेयक पढ्ने गर्छन्। सामान्यतः नीति तथा कार्यक्रम पानी हो कि प्यास अर्थात् निड हो कि सरो छुट्टिनुपर्ने हुन्छ। नीति कार्यक्रम पोहोर सालको बाढीपहिरो, ७० सालको भूकम्पलाई हेरर लेखिएको हो कि भन्ने मेरो जिज्ञासा हो।’

सरकारका प्राथमिकताहरू जनताको पक्षमा आधारित हुनुपर्ने भन्दै बजगाईंले विभिन्न सात शीर्षकमा आफ्ना सुझावहरू प्रस्तुत गरे। एकीकृत र पुनर्वास गरिएको सहरी विकास, जीवन सशक्तीकरण, विश्व पुँजी र नवप्रवर्तनलाई आकर्षण, स्मार्ट पर्यटन, डिजिटल फड्को, जलवायु नेतृत्व र हरित समृद्धि तथा सुरक्षा, संस्थागत सुधार र विपद् तयारी सरकारको प्राथमिकता हुनुपर्ने उनको सुझाव छ।