१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २२ सोमबार १७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

तीनकुने घटनामा संलग्न भएको आरोपमा आन्दोलन समितिका सल्लाहकार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार १७:३६:oo

तीनकुने घटनामा संलग्न भएको आरोपमा संयुक्त आन्दोलन  समितिका सल्लाहकार पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले नुवाकोटको लिखु– ३ घर भएका ७२ वर्षीय खेमराज सेढाईलाई नियन्त्रणमा लिएको हो। 

गत १५ चैतमा समितिले राजतन्त्रको पक्षमा गरेको आन्दोलनमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। सो घटनामा  सेढाई पनि संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। 

सो घटनामा राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत ८० भन्दा धेरैलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।