१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २२ सोमबार १९:१५:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

कर्मयोद्धा सृजना सम्मानबाट राजेन्द्र तारकिणी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार १९:१५:oo

कवि तथा पत्रकार राजेन्द्र तारकिणी ‘कर्मयोद्धा सृजना सम्मान २०८१’ बाट सम्मानित भएका छन्। नेपाल वाङ्मय परिषद धनगढी, कैलालीले तारकिणीलाई सम्मान गरेको हो।

यसै अवसरमा अन्य स्रष्टाहरू पनि पुरस्कृत भएका छन्। सम्मानित हुनेहरूमा नेपाली वाङ्मय साधना सम्मानबाट गोपाल अश्क, पद्मा–रामचन्द्र लघुकथा सम्मानबाट नवराज रिजाल रहेका छन्। त्यस्तै ‘आरडी प्रभास–राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’बाट प्राडा महादेव अवस्थी, ‘नेपाली वाङ्मय साधना सम्मान’बाट प्राडा कपिल लामिछाने, ‘राधिका–गोपालदत्त लघुकथा सम्मान’बाट ध्रुव मधिकर्मी र ‘कर्मयोद्धा सृजना सम्मान’बाट मेघनाथ खनाल ‘बन्धु’ सम्मानित भएका हुन्।

परिषद्का अध्यक्ष डा. पुष्करराज भट्टको सभापतित्व, संस्थाका सचिवालय सदस्य भुवन बोहराको सञ्चालन एवं पूर्वमन्त्री तथा साहित्यकार शान्ता मानवीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र राजलक्ष्मी चटौतले संकलन गरेको ‘सुदूरपश्चिमेली लोकगीत’को विमोचन गरिएको थियो। कृतिमाथि भ्याली भ्यू बोर्डिङ स्कुलका प्रिन्सिपल, ग्लोबल कलेजका प्राध्यापक सुभाषचन्द्र भण्डारीले समीक्षात्मक टिप्पणी राखेका थिए।

यसअघि नै घोषणा गरिएका राधिका–गोपालदत्त लघुकथा सम्मान डा. रामनिवास मानवलाई र पद्मा–रामचन्द्र लघुकथा सम्मान डा. हरिप्रसाद भण्डारीलाई दिने घोषणा गरिएको थियो। प्राविधिक कारणले स्रष्टाहरू कार्यक्रममा उपस्थित नभएका कारण उनीहरूलाई पछि कार्यक्रम गरेर सम्मान प्रदान गरिने परिषद्का अध्यक्ष डा. पुष्करराज भट्टले बताए।