१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 05 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रममा फेल भइसकेका एजेन्डाहरूकै रटान : जनार्दन शर्मा [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४४:oo

नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले नीति तथा कार्यक्रममा फेल भइसकेका पुराना एजेन्डाहरूको रटान लगाइएको बताएका छन्।

सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै शर्माले भने, ‘केवल पुरानै कुराहरूको रटान छ। असफल भइसकेका, फेल भइसकेका एजेन्डाहरू दोहोर्‍याइएको छ। ती फेरि कार्यान्वयन भएर लागू भए परिणाम दिन सक्ने अवस्था छैन।’

उपलब्ध स्रोतहरूको अध्ययन गरेर तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षेत्रहरूको पहिचान गरी उद्योगहरूको विकास गर्ने नीति आवश्यक भए पनि सरकारले त्यस्तो गर्न नसकेको उनको भनाइ थियो।

शिक्षा प्रणाली सुधार्ने खालको नीति तथा कार्यक्रम आउन नसक्नुमा स्वार्थ लुकेको टिप्पणी गर्दै शर्माले भने, ‘शिक्षाको सुधारका लागि लगानी वृद्धि गर्ने र एकै खालको शिक्षा प्रणाली स्पष्ट गर्ने कुरा यो सरकारले ल्याउनुपर्थ्यो। तर, ल्याउन सकेन । किन ? यसभित्र के स्वार्थ छ ?’