१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
एजेन्सी तेहरान
Invalid date format १o:५१:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

‘इरानलाई युरेनियम संवर्द्धन गर्ने अधिकार छ’

Read Time : < 1 मिनेट
एजेन्सी, तेहरान
नयाँ पत्रिका
Invalid date format १o:५१:oo

 युरेनियम सम्वर्द्धन गर्ने ‘अधिकार’ रहेको भन्दै इरानले आफ्नो बचाउ गरेको छ । पश्चिमा मुलुकले इरानको आणविक अस्त्रबारे चासो देखाइरहेका वेला तेहरानको उक्त भनाइ आएको हो । इरानका विदेशमन्त्री अब्बास अराघचीले आणविक अप्रसार सन्धि (एनपिटी) मा तेहरानको लामो समयदेखिको सदस्यतालाई उद्धृत गर्दै भनेका छन्, ‘इरानलाई पूर्ण आणविक इन्धन चक्रको मालिक हुने सबै अधिकार छ ।’  

अराघचीले भने, ‘एनपिटीका धेरै सदस्य राष्ट्रले आणविक अस्त्रलाई पूर्णतया अस्वीकार गरे पनि युरेनियमलाई जम्मा गर्ने अभियानलाई जारी राखेका छन् ।’ एनपिटीअन्तर्गत हस्ताक्षरकर्ता राष्ट्रले आफ्नो आणविक भण्डारको घोषणा गरी संयुक्त राष्ट्र संघको आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को निगरानीमा राख्नुपर्ने हुन्छ । संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी देशले लामो समयदेखि इरान आणविक हतियारको पछि लागेको आरोप लगाउँदै आएका छन् । तर, तेहरानले यसको आणविक कार्यक्रम केवल नागरिक उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा तेहरानसँग भएको ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेपछि इरान र संयुक्त राज्य अमेरिकाबिच गत अप्रिल १२ देखि आणविक वार्ता हुँदै आएको छ । मध्यस्थ ओमानले यसै साताको सुरुमा ‘व्यवस्थापकीय कारण’ देखाउँदै शनिबारका लागि तय भएको चौथो चरणको वार्ता स्थगित भएको बताएको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा इरानलाई युरेनियम संवद्र्धनबाट टाढा रहन आग्रह गर्दै भनेका छन्, ‘युरेनियम संवद्र्धन गर्ने विश्वका देशसँग मात्र आणविक हतियार छ ।’