१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १९ शुक्रबार o९:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफका बिमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केबुलकारमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार o९:५o:oo

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीले लुम्बिनी केबुलकारको टिकट खरिदमा २० प्रतिशत छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौतामा आइएमई लाइफ र लुम्बिनी केबुलकारबिच समझदारी भएको हो ।

छुट सुविधा प्राप्त गर्न बिमितले कम्पनीको ‘आइएमई लाइफ मोबाइल एप’मा रहेको बिमालेख देखाई छुट सुविधा लिन सक्नेछन् । त्यस्तै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधाको लाभ लिन सक्ने बताइएको छ ।

यस किसिमको सहकार्यले एकातर्फ कम्पनीको व्यावसायिक सम्बन्ध प्रभावकरी बनाउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीलाई निरन्तर लाभ र ऊर्जा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ग्राहकले छुट सुविधा लिन लुम्बिनी केबुलकारको टिकट काउन्टरमा गई टिकट खरिद गर्नुपर्नेछ । भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजाने लक्ष्य लिएको जनाएको छ ।