१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
२o८२ बैशाख १८ बिहीबार १५:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा अनौपचारिक क्षेत्रका श्रमिकहरूको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार १५:२९:oo

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार सिराहाको लहानमा अनौपचारिक क्षेत्रका श्रमिकहरूले प्रदर्शन गरेका छन्।

लहान नगरपालिका,  दलित जनकल्याण युवा क्लब, नेपाल ट्रेड युनियन कंग्रेस सिराहाको आयोजनामा प्रदर्शन गरिएको हो। स्थानीय पशुपति आदर्श मावि परिसरबाट निस्केको जुलुस घन्टाघर, नयाँ बजार, ग्रामीण चोक हुँदै नगर सभा हलमा अन्तर्क्रिया गरिँदै छ।

प्रदर्शनमा श्रमिकहरूले ज्यालामा एकरूपता कायम गर, अनौपचारिक श्रमिकलाई पहिचान देऊ, ज्याला निर्धारण समिति गठन गरलगायतका माग गरे। प्रदर्शनमा दर्जनौँ विद्युतीय रिक्साचालकहरू रिक्सासहित सहभागी भएका थिए।