१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका कञ्चनपुर
२o८२ बैशाख १८ बिहीबार १३:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

६ महिनामा दुई हजारभन्दा बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार १३:५७:oo

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् । त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको संख्या दुई हजार १८१ रहेको छ ।

सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले बताए । उनका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी ११७ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सबैभन्दा बढी चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।

कात्तिकमा ३१६, मंसिरमा ३८९, पुसमा ४३२, माघमा २७१, फागुनमा ४६० पर्यटक निकुञ्ज घुमेका छन् । उनका अनुसार साउन, भदौ र असोजमा वर्षातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ । आव ०८०/८१ मा निकुञ्जमा चार हजार ५७४ पर्यटक निकुञ्ज घुमेका थिए । त्यसमा एक हजार ७७० महिला र दुई हजार ८०४ पुरुष पर्यटक रहेका थिए ।

आन्तरिक पर्यटक चार हजार २९४, सार्क मुलुकका पर्यटक १३७ र विदेशी पर्यटक १४३ ले निकुञ्जमा घुमफिर गरेका थिए । ०३१ मा स्थापना भएको निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ । थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रूपमा निकुञ्ज परिचित छ ।

दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठुलो बथानमा बाह्रसिंगा पाइन्छ । नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठुलो घाँसेमैदान शुक्लाफाँटामा बाह्रसिंगको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, एकसिंगे गैँडा, चितुवा, घोडगधा, बाह्रसिंगा, कृष्णसार, बँदेल, जरायो, चित्तल, लगुनालगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन् ।

निकुञ्जभित्र रहेका रानी ताललगायतका अन्य तालमा मगरगोही पाइन्छन् । रैथाने र बसाइ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुंगी पाइन्छन् । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु, २० प्रजातीका उभयचर, २४ प्रजातिका माछा र ३५ प्रजातिका पुतली पाइन्छन् । रासस