१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १८ बिहीबार १३:४८:oo
Read Time : < 1 मिनेट
खेलकुद

खराब फर्ममा रहेका म्याक्सवेल आइपिएलबाट बाहिरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार १३:४८:oo

खराब फर्ममा रहेका अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल इन्डियन प्रिमियर लिग (आइपिएल)बाट बाहिरिएका छन्। औँलाको चोटका कारण उनले बाँकी खेल गुमाउने निश्चित भएको हो। 

त्यसो त उनको प्रदर्शन यो सिजनमा निकै खराब छ। पञ्जाब किंग्सका लागि उनले ६ इनिङमा जम्मा ४८ रन जोडेका छन्। उनको स्ट्राइक रेट पनि एक सयभन्दा तल छ। पञ्जाबले उनलाई चार करोड २० लाख भारुमा खरिद गरेको थियो। 

म्यासवेलको खराब प्रदर्शनका बाबजुद उनको टिमले भने राम्रो प्रदर्शन गरिरहेको छ। १० खेलमा ६ खेल जितेको पञ्जाब हाल १३ अंकसहित अंकतालिकको दोस्रो स्थानमा छ। तीन खेलमा टिम पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।