१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
Invalid date format १३:१५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

विदेशबाट फर्किएर मौरीपालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लीन छन् । विगत ६ वर्षदेखि उनी मौरीपालन व्यवसायमा लागेका हुन् ।

राप्ती– ५ का मोक्तान सन् २०१५ मा विदेश गएर विदेशमा सोचेजस्तो राम्रो नभएपछि नेपाल फर्किएको र उनी नेपाल आएर मौरीपालन व्यवसायमा लागेका हुन् । उनले करिब २५ घारबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले १३५ घार पुर्‍याएका छन् । विदेशमा भन्दा काम गर्न सके नेपालमा नै राम्रो गर्न सकिन्छ भन्ने सोचका साथ उनले यो व्यवसाय सुरु गरेका हुन् ।

उनले भने, ‘अहिले पनि कहिलेकाहीँ कमाउनका लागि विदेश जाउँ कि भन्ने भान भए पनि नेपालमा नै कमाउन सकिन्छ भन्ने भएर यो व्यवसाय सुरु गरेको हुँ ।’ परिवारले सामान्य रूपमा गर्दै आएको व्यवसायलाई नै सशक्त बनाएर उनले व्यावसायिक रूपमा मौरीपालन गरेका छन् । आरकेएम पशुपक्षी कृषि फर्म दर्ता गरेर उनले मौरीपालन व्यवसाय सुरु गरेका हुन् । उनले भने, ‘नेपालमा केही गर्न सकिन्छ भन्ने युवापुस्तालाई देखाउनका लागि कृषि कर्ममा लागेको हुँ ।’

मौरीपालन गर्दा चरनको समस्या हुने गरेको भए पनि त्यसलाई सामना गर्दै अघि बढेको उनले बताए । चरनमा लैजाँदा सामुदायिक वनलाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । मौरीले कसैलाई पनि असर नगर्ने भए पनि सामुदायिक वन तथा समुदायले शुल्क लिने चलन हटाउन सके मौरीपालन गर्ने किसानलाई सहज हुने उनको भनाइ छ ।

आफ्नो ससुराबाले गरेको देखेर उत्साहित भएर मौरीपालन गर्न सुरु गरेका मुक्तानले अहिले वार्षिक एक हजार ९५० किलो मह उत्पादन गर्दै आएका छन् । घारलाई बढाएर १५० पुर्‍याउने योजना उनको रहेको छ ।

सुरुवातमा व्यवसायमा सोचेजस्तो नहुँदा निराश भएका मुक्तानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २० घार र कृषि विकास कार्यालयले कृषि उद्यमशीलता कार्यक्रमअन्तर्गत ९० घार सहयोग गरेपछि उनले मौरीपालन व्यवसायलाई अझै प्रभावकारी रूपमा अघि बढाएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले विदेश जाने योजना बनाएका वा विदेशबाट फर्किएका युवालाई कृषि कर्ममा लगाउन सके आयातलाई प्रतिस्थापन गर्न सकिने भएकाले कार्यक्रमअन्तर्गत युवाहरूलाई समेटिएको बताए । रासस