१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
Invalid date format ११:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अपहरणको अभियोगमा नाबालकसहित चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२६:oo

कलैया उपमहानगर– १८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगन्ज महानगर– १२ मुर्लीस्थित एक घरबाट मंगलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको बताए ।

हिरासतमा रहेका नाबालकको विवरण भने सार्वजनिक गरिएको छैन । पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए ।