१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format १५:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच सयको नक्कली भारतीय नोटसहित एकजना भारतीय युवती पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format १५:४८:oo

विराटनगरमा एकजना भारतीय युवती नक्कली भारतीय नोटसहित पक्राउ परेकी छिन्। भारत बिहार राज्यको अररिया जिल्लाकी  १९ वर्षीय सिम्पी बैसन्ती मंगलबार साँझ पक्राउ परेकी हुन्। 

भारतीय नागरिक बैसन्तीले विराटनगर–१३मा रहेको एक किराना पसलमा सामान किन्ने क्रममा  दिएको  भारतीय ५ सय रुपैयाँको नोट नक्कली रहेको शंका लागेपछि पसलेको सूचनाका आधारमा इलाका प्रहरी रानीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले चेकजाँचको क्रममा उनको साथबाट ५ सय दरका ७ वटा नक्कली भारतीय नोट बरामद गरेको थियो। नक्कली भारतीय नोटसहित पक्राउ परेकी भारती युवतीलाई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।