१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format १२:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँच सयको नक्कली भारतीय नोटसहित एकजना भारतीय युवती पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:३३:oo

विराटनगरमा एक जना भारतीय युवती नक्कली भारतीय नोटसहित पक्राउ परेकी छन्। विराटनगर महानगरपालिका–१३ भारत बिहार राज्यको  अररिया जिल्लाका  १९ वर्षीय सिम्पी बैसन्ती मंगलबार साँझ पक्राउ  परेकी हुन् । 

भारतीय नागरिक बैसन्तीले विराटनगर–१३  रहेको एक  किराना पसलमा सामान किन्ने क्रममा  दिएको  भारतीय पाँच सय रुपैयाँको नोट नक्कली रहेको शंकामा लागेपछि पसलेको सूचनाका आधारमा इलाका प्रहरी रानीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

 प्रहरीले चेकजाँचको क्रममा उनको साथबाट पाँच सय दरको ७ वटा नक्कली भारतीय नोट बरामद गरेको थियो। नक्कली भारतीय नोट सहितपक्राउ परेकी भारती युवतीलाई  आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।