
सुप्रिम हेल्थ केयरले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँका दरले १२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।
सेयर निष्कासनका कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यससम्बन्धी दुवै पक्षबिच सोमबार एक कार्यक्रमबिच सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा सुप्रिम हेल्थ केयरका कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका हुन् ।
नेपालकै अग्रणी औषधि उत्पादक कम्पनीका रूपमा स्थापित यस कम्पनीले ट्याब्लेट, क्याप्सुल, क्रिम, लोसन र सोलुसनलगायतका ८५ भन्दा बढी उत्पादन ३५ भन्दा बढी उपचारात्मक श्रेणीमा उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।