१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १७ बुधबार ११:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जगदुल्लाको ठेक्कामा फर्जी कागजपत्र पेस गरेको उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार ११:३२:oo

१०६ मेगावाटको जगदुल्लाह हाइड्रोपावर कम्पनीको ठेक्कामा फर्जी कागजपत्र पेस भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत निकायमा उजुरी परेको छ । फर्जी कागजात पेस गर्ने चिनियाँ कम्पनीलाई मिलेमतोमा ठेक्का दिन लागिएको भन्दै अन्य कम्पनीले अनियमितताको आरोप लगाएका छन् । 

ठेक्काको प्राविधिक मूल्यांकनमा पास भएको चिनियाँ कम्पनी ज्याङसी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनलाई ऊर्जामन्त्री दीपक खड्कासहितको मिलेमतोमा ठेक्का दिन लागिएको आरोप लागेको छ । सो कम्पनीले हालसम्म जलविद्युत्को काम नै नगरेको र अन्य कम्पनीले अफ्रिकी देशमा गरेको कामलाई सो कम्पनीको भनेर ठेक्का हत्याउन खोजिएको आरोप लागेको छ । प्राविधिक रूपमा छनोट भएको अर्काे चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पाेरेसनले नै यससम्बन्धी उजुरी गरेको स्रोत बताउँछ । 

यो जलविद्युत्को ठेक्का करिब १३ अर्बबराबरको छ । २४ वैशाखमा आर्थिक प्रस्ताव खोल्ने भनिए पनि पहिले नै प्रस्ताव बाहिरिएको छ । जगदुल्ला हाइड्रोपावर स्रोतका अनुसार ज्याङसी कन्स्ट्रक्सनले १२ अर्ब १५ करोड तथा सिनोले १३ अर्ब १४ करोडको प्रस्ताव गरेको छ ।

ज्याङसीले नक्कली कागजपत्र पेस गरेर प्राविधिक मूल्यांकनमा पास गराइएकाले ठेक्का प्रक्रिया नै रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्न निर्माण व्यवसायीले माग गरेका छन् । यसअघि यही ठेक्कामा मन्त्रालयमै रकम लेनदेन गरेको आरोप मन्त्री खड्कामाथि लागेको थियो । त्यतिवेला रद्द गरिएको ठेक्कामा फेरि सेटिङ भएको आरोप लागेको छ ।