१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ बैशाख १७ बुधबार ११:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लालझाडीका युवक मृत फेला 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार ११:२३:oo

कञ्चनपुरको लालझाडी एक युवक मृत फेला परेका छन । बुधबार बिहान लालझाडी गाँउपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक राम रेसर राना मृत फेला परेका हुन् । राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेकोे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माले साईकल सहित मृत घटनाका अनुसन्धान सुरु भएको बताए । 

तर मृतक राना परिवारले निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग अघि सारेका छन । मंगलबार साँझ राना खाना खाएर घरबाट साइकल समातेर निस्किएका थिए । मृत भेटिएको स्थानमा साइकलसहित उनको माथिल्लो शरिरको कपडा थिएन ।