
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला एक लाख ८८ हजार ८ सयमा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला पाँचले घटेर एक हजार नौ सय ६५ कायम भएको छ । मंगलबार पनि सोही परिमाणको चाँदी एक हजार नौ सय ७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।